काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल, आन्तरिक, बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएर पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर ११९ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी हवाई इन्धनमा ५ रुपैयाँले बढाएर आन्तरिकतर्फ प्रतिलिटर १०१ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ रुपैयाँ कायम गरेको छ ।

साथै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १५७५ रुपैयाँ कायम गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version