काठमाडौँ: आर्थिक वर्ष २०७५/ ७६ को प्रथम महिनामा कुल वस्तु व्यापार घाटा एक खर्ब १३ अर्ब पुगेको छ । व्यापार घाटा चालू आवको प्रथम महिनामा अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा ६२ दशमलब ३५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कुल वस्तु निर्यात ३ दशमलब १९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने बस्तु आयातमा ५७ दशमलब १८ प्रतिशतले वृद्धि भई एक खर्ब २० अर्ब पुगेको छ ।

अघिल्लो वर्षको श्रावण महिनामा वाढी तथा डुवानका कारण तराईका जिल्लाहरुमा रहेका केही भन्सार विन्दुहरुमा आयात, निर्यात प्रभावित भएकाले गत वर्ष प्रत्येक महिना औषतमा करिव १०० अर्वको आयात हुदा श्रावणमा जम्मा ७६ अर्वको आयात भएको गर्दा यो महिनाको आयातको वृद्धिदर समग्रमा उच्च देखिएको छ ।

गत वर्षको श्रावण महिनामा हवाईजहाज तथा पाटपूर्जा १ अर्व ४४ करोडको रुपैयाँको मात्र आयात भएकोमा यस वर्षको श्रावण महिनामा १३ अर्व ३० करोड रुपैयाँको आयात भएको र गत वर्षको श्रावण महिनामा सवै प्रकारका पेट्रोलियम ईन्धन ९ अर्व ६९ करोडको मात्र आयात भएकोमा उक्त वस्तुको आयात करिव ८७ प्रतिशतले वढी यस वर्षको श्रावण महिनामा १८ अर्व १० करोड रुपैयाँको आयात भएको छ ।

त्यसैगरी, फलाम तथा स्टील वस्तुहरुको आयात गत वर्षको श्रावण महिनामा ८ अर्व ६३ करोड रु. को भएकोमा यस वर्षको श्रावण महिनामा करिव ६९ प्रतिशतले वढी १४ अर्व ६२ करोड रुपैयाँको आयात भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version