काठमाडौँ: एशिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले दोश्रो जित हात परेको छ ।
मलेशियाको राजधानी क्वालालम्पुरमा आज टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन लक्ष्य नेपालले २८.१ ओभरमा आफ्नो लक्ष्य भेटाएको हो । नेपालका लागि सर्वाधिक ४३ रन अनिल कुमार शाहले बनाएका थिए । आजको खेलमा पनि सन्दिप लामिछाने र एलएन राजबंशीले ३-३ विकेट लिए भने सोम्पालले दुई विकेट र बसन्त रेग्मीले एक विकेट लिए ।
नेपालले आजको खेलमा सिङ्गापुरलाई चार विकेटले हराएको हो । नेपालले आफ्नो लक्ष्य १३१ बल अगाबै भेटाएको हो ।
पहिलो ओभरको खेल:
सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन÷तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए ।
अहिले नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले २५ ओभरमा चार विकेट गुमाउँदै एक सय २४ रन बनाएको छ । नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थियो ।
