विराटनगर :प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ ।

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिए ।

अहिले पनि हामी वन पैदावरमा आत्मनिर्भर हुननसकेका कारण विदेशबाट अर्बौ रकम बराबरको काठ आयात भइरहको जानकारी दिँदै उनले स्वदेशको रकम विदेश जान नदिन रुखका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सभासद् उपेन्द्र घिमिरे र उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव बद्रिराज ढङ्गानाले वनको महत्वबारे चर्चा गरेको सो कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा पनि वितरण गरिएको थियो ।

उक्त अभियानबमोजिम यस प्रदेशका १४ जिल्लामा पाँच प्रजातिका तित्री, अमला, रुख कटहर, सैजुन, बेलजस्ता बिरुवा प्रत्येक घरपरिवारले रोप्नुपर्ने अभियानलाई विस्तार गरिने भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version