काठमाडौँ: साताको पहिलो दिन आइतबार पूँजी बजारमा सुधार आएको छ । सेयर बजार परिसूचक (नेप्से) ८ दशमलब ५९ अंकले बढेर एक हजार १९० दशमलब २८ अंकमा पुगेको छ ।
नेप्सेसंगै कारोबार रकममा सुधार आउदा पूँजी बजारका लगानीकर्ता उत्साहित भएका छन् ।
आजको कारोबारमा उत्पादन, जीवन बीमा र अन्य समूह बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी होटल समूहको परिसूचक ३२ दशमलब ११ अंक, निर्जीवन बीमा २९ दशमलब ४३ अंक र विकास बैंक समूहको परिसूचक १३ दशमलब ५२ अंकले बढेको छ ।
त्यसैगरी, बाणिज्य बैंक समूहको परिसूचकमा ११ दशमलब १४ अंकको,लघुवित्त १० दशमलब १४ अंकको र जलबिधुत ५ दशमलब १३ अंकको वृद्धि भएको छ ।
यधपी, जीवन बीमा समूहको परिसूचक एक दशमलब ०८ अंकले, अन्य एक दशमलब ९ अंकले र उत्पादन मूलक समूहको परिसूचक शुन्य दशमलब ७५ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार २४२ कारोबारबाट ३० करोड २५ लाख ९७ हजार २०१ रुपैयाँ बराबरका ९ लाख ६० हजार ७१४ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
