काठमाडौँ: साताको दोश्रो दिन सोमबार पूँजी बजारमा दोहोरो अंकको वृद्धि आएको छ । शेयर बजार परिसूचक (नेप्से) १५ दशमलब ९८ अंकले बढेर एक हजार २०६ दशमलब २६ अंकमा पुगेको छ । आइतबार नेप्से ८ दशमलब ५९ अंकले बढेको थियो ।

नेप्सेसंगै कारोबार रकममा उलेख्य सुधार आउदा पूँजी बजारका लगानीकर्ता उत्साहित भएका छन् ।

आजको कारोबारमा होटल र अन्य समूह बाहेक सबै समूहको परिसूचक बढेका छन् ।

सबैभन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ९६ दशमलब ६६ अंक, उत्पादन मूलक समूहको परिसूचक ९३ दशमलब २ अंक र जीवन बीमा ७२ दशमलब ४८ अंकले बढेको छ ।

त्यसैगरी, बाणिज्य बैंक समूहको परिसूचकमा १५ दशमलब ६९ अंकको, विकास बैंक १२ दशमलब ७२ अंक र जलबिधुत १९ दशमलब ९८ अंकको वृद्धि भएको छ ।

यधपी, होटल समूहको परिसूचक दुई दशमलब २६ अंकले र अन्य समूहको परिसूचक शुन्य दशमलब ३ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ५ हजार ९७१ कारोबारबाट ५४ करोड ६० लाख २१ हजार ७१९ रुपैयाँ बराबरका १८ लाख ९८ हजार ३०५ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।

आइतबार नेप्सेमा १६४ कम्पनीहरुको ४ हजार २४२ कारोबारबाट ३० करोड २५ लाख ९७ हजार २०१ रुपैयाँ बराबरका ९ लाख ६० हजार ७१४ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version