काठमाडौँ : नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो ।

टेलिकमले मंगलबार बिहान ६ बजेदेखि प्रि-पेड र पोस्टपेड  मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि देशभरका मोबाइल फोन अवरुद्ध छन् । सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन् ।

यद्यपि, ल्यान्डलाइन भने पूर्ववत रुपमा सञ्चालन भइरहेको छ ।

टेलिकमले मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version