काठमाडौँ: मलेसियामा जारी एशिया कप क्रिकेट छनोट खेलमा आज नेपालले आफ्नो अन्तिम खेलमा हङकङसामु ज्यादै निरिह प्रधर्शन गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल हङकङसामु ९५ रनमै अल आउट भए । यस चुनौतीसंगै नेपाल एशिया कप छनोटबाट अरु नतिजा कुर्न नपर्दै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ। आजको खेल नेपालले हङकङलाई कम्तिमा १५० रनको अन्तरमा हराउनु पर्ने झनै उल्टै नेपाल हङकङसामु निरीह प्रदर्शन गर्ने पुग्यो।

नेपालले युएयी र ओमनबीचको खेल समेत कुर्न अन्परने भएको छ किनकी नेपाल हङकङसामु रन रेट मा निकै पछि परेको छ ।
नेपालका लागि कप्तान पारस खड्काले १४, ज्ञानेन्द्र मल्ल १२, आरिफ शेख १८ रन जोडेका थिए ।

आजको खेल मलेसियाको बायुमास ओभल क्रिकेट ग्राउण्डमा खेलाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version