काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११४.२४ पैयाँ र खरीद दर ११३.६४ रुपैयाँ तोकेको छ जुन नेपाली रुपैयाँ डलरसामू हालसम्मकै कम हो ।

बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न थालेको छ ।

अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो ।

अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै बढ्दै जाने संकेत देखिएको हो ।

नेपाली रुपैयाँ कमजोर हुँदा नेपाल आयल निगमको घाटामा वृद्धि भएको छ । नेपाली रुपैयाँ कमजोर हुँदा निगमले इन्धन खरिद गर्दा धेरै रकम तिर्नु पर्ने हुनाले घाटा बढेको निगमले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version