काठमाडौँ: पूँजी बजारमा तीन दिनदेखि लगातार सुधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) ३ दशमलब ९८ अंकले बढेर एक हजार २१० दशमलब २४ अंकमा पुगेको छ । आइतबार नेप्से ८ दशमलब ५९ अंकले, सोमबार १५ दशमलब ९८ अंकले बढेको थियो ।

सबैभन्दा बढी होटल समूहको परिसूचक १६ दशमलब ०९ अंकले बढेको छ । विकास बैंक ६ दशमलब ३६ अंक, बाणिज्य बैंक ६ दशमलब ०४ अंक, निर्जिबन बीमा समूहको परिसूचक २ दशमलब ३ अंक र अन्य शुन्य दशमलब ९५ अंकले बढेको छ ।

यधपी, जलबिधुत ९ दशमलब ८ अंक र उत्पादन शुन्य दशमलब ७५ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ५ हजार ७४० कारोबारबाट ५२ करोड १९ लाख २२ हजार ५७२ रुपैयाँ बराबरका १७ लाख ५५ हजार ५८७ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version