काठमाडौँ :महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ ।

दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।

यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रेडपाण्डाको छालासहित पक्राउ

यसैगरी परिसरले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।

पाँच थान रेडपाण्डाको छाला लिएर हिँडिरहेको अवस्थामा सोलुखुम्बुका ३२ वर्षीय शुक्र राई र २७ वर्षीय पवन श्रेष्ठलाई आज परिसरको टोलीले पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि परिसरले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version