काठमाडौँ: नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद शेयर दावी गर्ने आज अन्तिम रहेको छ।

कम्पनीले सय रुपैयाँ प्रतिकित्तामा ९९ सय लाख ३६ हजार ४७७.५० कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीका लागि जारी गरेको हो। कम्पनीले १०:६ को अनुपातमा हकप्रद प्रदान गर्नेछ ।

हकप्रद आवेदन गर्न लागि गएको असार २१ गतेभित्र कायम शेयरधनीले मात्रै गर्ने पाउने छन् । कम्पनीको शेयरधनी दर्ता किताव (बुक क्लोज) असार २२ गते भएको हो ।

एनआइबीएल एस क्यापिटल यसको विक्री प्रवन्धक रहेको छ । ६० प्रतिशतको हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी दुई अर्व ६४ कारोड पुग्नेछ जुन न्युनतमसीमा भन्दाबढी हो। चुक्ता पुँजीसिमा दुई अर्ब रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version