काठमाडौँ: साताको शुरुवातीदेखि निरन्तर सुधार आएको पूँजी बजारमा आज दोहोरो अंकको सुधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) २३ दशमलब ८९ अंकले बढेर एक हजार २३४ दशमलब १३ अंकमा पुगेको छ ।

आइतबार नेप्से ८ दशमलब ५९ अंकले, सोमबार १५ दशमलब ९८ अंकले र मंगलबार ३ दशमलब दशमलब ९८ अंकले बढेको थियो ।

सबैभन्दा बढी निर्जिवन बीमा समूहको परिसूचक १६२ दशमलब ६७ अंकले बढेको छ । त्यसैगरी, लघुवित्त ४२ दशमलब ०९ अंक, जलबिधुत ३९ दशमलब ७९ अंक, विकास बैंक ३० दशमलब ७९ अंक, बाणिज्य बैंक २२ दशमलब ७४ अंक, होटल १० दशमलब ११ अंक र बित्त ९ दशमलब ५२ अंकले बढेको छ ।

यधपी, उत्पादन मूलक समूहको परिसूचक ३६ दशमलब ७४ अंक र ब्यापार २ दशमलब ७९ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ७ हजार ८५३ कारोबारबाट ७० करोड ८१ लाख ५० हजार ५६८ रुपैयाँ बराबरका २३ लाख ७२ हजार ३६३ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
मंगलबार नेप्सेमा १७२ कम्पनीहरुको ५ हजार ७४० कारोबारबाट ५२ करोड १९ लाख २२ हजार ५७२ रुपैयाँ बराबरका १७ लाख ५५ हजार ५८७ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version