काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले आज बिहिबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११५.११ रुपैयाँ र खरीद दर ११४.५१ रुपैयाँ तोकेको छ जुन नेपाली रुपैयाँ डलरसामू हालसम्मकै कम हो ।
बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ ।
अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो ।
अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै बढ्दै जाने संकेत देखिएको हो ।
नेपाली रुपैयाँ कमजोर हुँदा नेपाल आयल निगमको घाटामा वृद्धि भएको छ । नेपाली रुपैयाँ कमजोर हुँदा निगमले इन्धन खरिद गर्दा धेरै रकम तिर्नु पर्ने हुनाले घाटा बढेको निगमले जनाएको छ ।
यसरी उच्च रुपमा रुपैयाँ कमजोर हुँदा आयातित बस्तुको मूल्य बढ्न गई देशको ब्यापार घाटा बढ्न जाने र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न जाने अर्थाशात्री बताउछन् ।
तर नेपालमा भित्रिने ब्रिप्रेषणमा भने वृद्धि हुने छ ।
