काठमाडौँ: पथ प्रदर्शकको छाता सङ्गठन टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) ले टुरिष्ट गाइडको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ ।

आज बसेको टुर्गान पदाधिकारीको आकस्मिक बैठकले टुरिष्ट गाइडले हाल खाइपाइ आएको पारिश्रमिकमा १ जनवरी २०१९ बाट लागू हुने गरी औषत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको टुर्गानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यटकलाइ दिने सेवासुविधाबापत टुरिस्ट गाइडले पाउने गरेको पारिश्रमिकलाई मध्यनजर गरी बढाउने निर्णय टुर्गानका अध्यक्ष केदार तामाङले बताए । उनले गाइड भनेका पर्यटकको पहिलो आधारशीला हुन्, त्यही भएर हाम्रो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ भने ।

टुर्गानका अनुसार देशको बढ्दो महँगी तथा समयानुकूल आर्थिक नीतिका कारण दैनिक उपभोग्य वस्तुदेखि हरेकमा वृद्धि भए पनि विगत पाँच वर्षदेखि गाइडको पारिश्रमिक बढ्न सकेको थिएन । टुर्गानले जारी गरेको प्रेस विज्ञप्तिमा पटकपटक नाट्टासँग वार्ता हुँदा पनि पारिश्रमिक वृद्धि गर्न नाट्टाको नेतृत्व सकारात्मक नदेखिएको तथा टुर्गान प्रति हेपाहा प्रवृत्ति देखाइ एक पक्षीयरुपमा पारिश्रमिक बढाएको हवला दिँदै पत्राचार गरेकामा सङ्घ घोर भत्र्सना गर्दछ भनी उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ विगत लामो समयदेखि टुर्गान र नाट्टाबीच आपसी समझदारीकै बीच पारिश्रमिक वृद्धि गर्ने सम्झौता हुँदै आए पनि वर्तमान नाट्टा नेतृत्वले गरेको हैकमवादी निर्णय अव्यवहारिक र अपरिपक्क भएकाले टुरगाइडको पारिश्रमिक सन् २०१४ बाट बढ्न सकेको थिएन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version