काठमाडौँ: साताको पहिलो दिन आइतबार पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक (नेप्से) १० दशमलब ७९ अंकले घटेर एक हजार २१८ दशमलब ९८ अंकमा झरेको छ ।

सबैभन्दा बढी निर्जिवन बीमा समूहको परिसूचक ८५ दशमलब ९४ अंकले घटेको छ ।

त्यसैगरी, लघुवित्त २४ दशमलब ९३ अंक, जलबिधुत १४ दशमलब ४३ अंक, विकास बैंक १५ दशमलब ३२ अंक, बाणिज्य बैंक ७ दशमलब ५६ अंक, होटल ४ दशमलब २३ अंक, बित्त एक दशमलब ०३ अंक र जीबन बीमा ८५ दशमलब ९४ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार ४८७ कारोबारबाट ३२ करोड ७० लाख २५ हजार ७४१ रुपैयाँ बराबरका १२ लाख ७२ हजार १०८ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।

नेप्से घटे पनि जानकी फाईनान्स, कबाली विकास बैंकले बढी कमाय भने ग्रीन विकास बैंक र हिमालयन पावर पार्टनरले सबै भन्दा बढी गुमाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version