काठमाडौँ: भारतको पुनेमा भदौ २५ गतेदेखि भदौ ३१ सम्म हुने भनेको बिम्सस्टेक राष्ट्रका सैनिकहरुको संयुक्त सैन्य युद्ध अभ्यासमा नेपालको तर्फबाट त्यहाँ रहेका तीन सैनिक पनि फिर्ता हुने सेनाले जनाएको छ ।

“नेपालबाट कुल ३० सैनिक पठाउने निर्णय भएकोमा त्यहाँको बस्तुस्थिति बुझ्न ‘एडभान्स’ टोलिमध्ये तीन जना सरकारले उक्त युद्ध अभ्यासमा नजाने निर्णय नगर्दै उतै थिए अव उनीहरु पनि फिर्ता हुनेछन्,” सैनिक प्रबक्ता तथा सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।

भारतमा रहेका तीन जना सैनिक सरकारको निर्णय अनुरुप तालिममा नै सहभागी नहुनेभएपछी ‘अब्जर्भर’ पनि बस्ने छैनन् भण्डारीले भने।

“हामी सरकारबाट जे निर्णय हुन्छ त्यसको अक्षरस पालना हुन्छ नेपाली सेनाका सबै टोलि फिर्ता हुनेछन,” भण्डारीले भने ।

महाराष्ट्रको पुनेमा सोमबारबाट (भदौ २५) शुरु हुने युद्ध अभ्यासमा सुरु हुँदैछ ।

बिमस्टेक शिखर सम्मेलन (१४-१५ भदौ) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकले बिमस्टेक राष्ट्रका सैनिकहरुको अभ्यास गर्न लागेको बताएका थिए।

तर, यस अघि त्यस सम्बन्धमा बिमस्टेकको कुनैपनि फोरममा छलफल र निर्णय भएको थिएन। बिमस्टेक शिखर सम्मेलनमापनि यस विषयमा कुनै छलफल निर्णय भएको थिएन।

तर, भारतले आयोजना गरेको सैनिक अभ्यासलाई ‘बिमस्टेक राष्ट्रका सेनाहरुको अभ्यास’ को रुपमा भारतले प्रस्तुत गर्न खोजेपछि त्यो विवाद र आलोचनाको विषय बनेको थियो।

सत्तारुढ नेकपाभित्र र बाहिरपनि नेपालको सहभागिताको चर्काे आलोचना भएपछि नेपालले अन्तिम समयमा बिमस्टेक सैनिक अभ्यासमा सहभागिता नहुने निर्णय गरेको हो।

सरकारले तत्तकालिन कामु प्रधानसेनापति तथा हालका प्रधानसेनापती पूर्णचन्द्र थापालाई भदौ २२ गते सैनिक अभ्यासमा सहभागी नहुन निर्देशन दिएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version