काठमाडौँ: प्रहरीले यसअघि चर्को मूल्यमा पैसा ब्याजमा लगाउँदै ठगि धन्दामा सक्रिय रहँदै आएका ‘मिटरब्याजी’ महेश बहादुर सिंहसँग रहेको छ थान हात-हतियार प्रहरीले जफत गरेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार सिंहले आफ्नो व्यक्तिगत सुरक्षा लागि भनेर राहेको हतियार ‘समाजमा त्रास उत्पन्न गराउन र अवैध काममा प्रयोग हुन थालेको’ सूचना प्राप्त भएपछी ईजाजत पत्र रद्ध गरेर हतियार बरामद गरिएको हो ।

महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहका अनुसार सिंहको साथबाट प्रहरीले ‘बाह्र बोर सटगन’, ४ थान ‘बाईस बोर राईफल’ र एकथान ‘१२ बोर सटगन’ तथा १३६ राउण्ड गोली बरामद गरिएको हो ।

उनी मकवानपुरको हेटौंडा स्थायी घर भएर ललितपुरको भनिमण्डलमा स्थायी घरमा बस्दै आएका छन् ।
लाइसेन्स लिएर राखेको हतियार दुरुपयोग गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त हतियारको लाईसेन्स रद्द गरेको बताईएको छ ।

प्रहरीका अनुसार हातहतियार खरखजाना ऐन २०१९ बमोजिम लाइसेन्स बहाक सिंहले उक्त ऐनको दफा बामोजिमका शर्तहरु बिपरित हुने गरी सोही हतियार देखाएर चर्को ब्याजमा पैसा लगानी गर्ने र उक्त रकम उठाउन हतियार प्रदर्शन गर्ने, ठेक्का कब्जा गर्ने, अनावश्यक रुपमा गाडीमा हतियार राखेर त्रास उत्पन्न गराउने जस्ता अनैतिक काम गर्ने गरेको पाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version