काठमाडौँ: प्रहरीले नक्कली एटिएम कार्ड प्रयोग गरेर रकम झिक्ने भारतीय गिराेहलार्इ ठमेल क्षेत्रबाट पक्राउ गरेको छ।
प्रहरीले नक्कली एटिएम कार्ड बनाउने चारथान मेसिन समेत बरामद भएकाे छ। महानगरीय प्रहरी परिसर र वृत्त लैनचाैर तथा ठमेलकाे टाेलीले साेमबार बिहान भारतीय गिराेहकाे अखडामा छापा मारेपछि सो धन्दा बाहिरिएको हाे।
नेपालमा कार्ड बनाउने मेसिनसहित अाएका उनीहरूले विभिन्न बैंकका काउन्टरबाट रकम निकाल्ने गरेका थिए। प्रहरीले ठमेल सञ्चय काेष भवन नजिकबाट उनीहरूलार्इ नियन्त्रणमा लिएकाे, परिसर प्रमुख बसन्त कुमार लामाले बताए।
उनीहरुले विभिन्न एटियम १४ लाख रुपियाँ झिकिसकेको थाहा भएको प्रहरीले जनाएको छ। यस्तो रकम उनीहरुले राजधानीको विभिन्न क्यासिनोमा गएर खर्च समेत गर्ने गरिएको पत्ता लागेको उनले बताए।
