काठमाडौँ: नेपाली युवा स्टार सन्दिप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा खेल्न भएका छन्। सोमबार युएईको दुबईमा भएको ड्राफ्टमा सन्दिपलाई ५ मध्ये एक फ्रेन्चाईज टोली नान्गहरले एसोसिएट खेलाडीका रुपमा लिएको थिए।
सन्दीपको नाम सिल्भर खेलाडीमा रहे पनि त्यसमा उनीमाथि भाउ लागेको थिएन। त्यसपछि आएको एसोसिएटको सूचीमा उनलाई रायन टेन डेस्काथेपपछि दोश्रो नम्बरमा ५ सेकेन्डभित्र लिइएको थियो ।
एसोसिएट खेलाडीका रुपमा खेल्न लागेका सन्दिपले १५ हजार दल पारिश्रमिक पाउने छन्।
सन्दिपले आफ्नो एजेन्टमार्फत एपीएलमा दर्ता गरेका थिए। एपीएलको ड्राफ्टमा पर्नका लागी एजेन्ट वा सम्बन्धित देशको बोर्डको सफरिस लिनुपर्ने हुन्छ।
नेपाली क्रिकेटका कप्तान पारस खड्का र अर्का अलराउण्डर सोम्पाल कामी पनि सोमबारको ड्राफ्टमा रहेका थिए। तर दुवै नेपाली खेलाडीमा भाउ लागेन।
सन्दिपको भने यो चौथो फ्रेन्चाईज लिग हुनेछ ।
नेदरल्यान्ड्सका डेस्काथेपलाई बाल्खले लिएको छ। युएईक तिब्र बलर मोहम्मद नावेद्लाई कान्दहरले, स्कटल्याण्डका कालुम म्याकोलीइडलाई पाक्टियाले र मोहम्मद अस्धर होटाकलाई काबुलले लिएको हो।
