काठमाडौँ: राजधनीको ठमेलस्थित ज्याठामा सुनिलमान स्थापितको घरमा बिहान पौने चार बजे आगलागी भएको छ ।

पानी तान्ने क्रममा विजुली सट भएर आगलागी हुँदा ट्रेकिङको सामग्री लगायत जलेको र अक्सिजन ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।

बिहान पौने चार बजे ग्यास बिस्फोट भएपछि शुरु भएको आगलागी पौने पाँच बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।

महानगरी प्रहरी वृत दरवारमार्गका डीएसपी दान बहादुर मल्लका अनुसार कुनै पनि मानवीय क्षति नभएको र भौतकि क्षतिको विवरण भने आउन बाँकी रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version