काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्किएका छन्।

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बस्नुभएको थियो । सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए ।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्किएको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । जोशी काममा फर्किए भए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version