काठमाडौँ: हिरो मोटोकर्पले आफ्नो नयाँ मोटरसाइकल“एक्स्ट्रिम २००आर”लाई नेपालमा उपलब्ध गराएको छ ।
प्रविधिक रुपमा सर्वोत्कृष्ट एवं युवामय मोटरसाइकल उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुपआफ्नो पछिल्लो मोटरसाइकलको बिक्री वितरण कम्पनीले भारतमा शुरु गरे लगत्तै नेपालमा ल्याएको छ ।
“एक्स्ट्रिम २००आर” को विशेषमुल्य २ लाख ८६ हजार ५०० रुपैयाँ कायम गरिएको छ र यो मोटसाइकल नेपाल जनरल मार्केटिङ्गका सबै डिलरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
बाइक चलाउँदा रोमाञ्चक हुनुको साथै “एक्स्ट्रिम २००आर”चालक तथा यात्रुको सुरक्षालाई महत्व दिएको कम्पनिले जनाएको छ र यसका लागि मोटरसाइकलमा स्तरीय विधि उपलब्ध गराउन एण्टि–लक ब्रेक सिस्टम जडान गरिएको छ ।
ग्राहकहरुले यस मोटरसाइकलमा फिचरहरुको विविधता एवं व्यापकतासहितको समग्र प्याकेजको आकर्षण पाउने कम्पनीले जनाएको छ ।
