काठमाडौँ: राजधानीको बालाजु बनस्थलीस्थित रिङ रोडमा सडक छेउमा रहेको रुख ढल्न गई चार जना घाइते भएका छन् । घटना ५:३५ मिनेट जाँदा अचानक रुख ढल्दा गुढिरहेको एउटा मोटरसाइकल र एक ट्याक्सीमा क्षती पुगेको हो ।
मोटरसाइकलमा सवार तीन जना मध्ये चालक दिपक खनालको अवस्था गंभीर रहेको घटनास्थलमा रहेका बालाजु वृतका प्रमुख तथा प्रहरी उपरीक्षक चिरन्जिवी कोइरालाले पहिलोक्लिकलाई बताए । घटनामा बा ९१ प ९८९९ नम्बरको मोसा पूर्णरुपमा क्षती भएको छ भने ट्याक्सीलाई सामान्य क्षती पुगेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकलमै सवार सिता पोखरेल र उनकी आठ वर्षीय छोरी सिदीका पोखरेल रहेको उपरीक्षक कोइरालले बताए । घाइतेहरुको पिपल्स हस्पिटल, बालाजुमा उपचार भैरहेको छ । उनीहरु कुलेश्वोर निवाशी रहेको पनि उनले जानकारी दिए ।
अहिले केहि बेरअघि ६:३० बजे राजमार्ग खुलिसकेको पनि प्रहरीले बताएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपतको टोलिले बाटो र घाइतेको उद्धार गरेको थियो। घटना भएको पांच मिनेटमा प्रहरीको उद्धारटोलि पुगेको पनि कोइरालाले जानकारी दिए ।