काठमाडौँ: प्रधानसेनापति पूर्णचन्द्र थापाले आज धनकुटा जिल्लास्थित श्री नंं २ वाहिनी अड्डा र श्री बरख गणको निरीक्षण भ्रमण गरेका छन् । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएपश्चात् प्रधानसेनापति थापाको यो पहिलो निरीक्षण भ्रमण हो ।
भ्रमणका क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी तथा गणको वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नाका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए। साथै उनी आज श्री पूर्वी पृतना मुख्यालय इटहरीमा मुकाम रहनुहुने र बुधबार अन्य इकाईको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाडौँ फिर्ता हुने कार्यक्रम छ ।
Facebook Comments Box
