काठमाडौँ: आउँदो महान चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले आसोज १२ गतेदेखि सुपथ मूल्यका पसल संचालन गर्ने भएको छ।

विगतका वर्षहरुमा जस्तै चाडपर्बको समयमा जनतालाई बिशेष छुटमा दैनिक आबश्यक बस्तुहरु उपलब्ध गराउने उदेश्यले यो वर्ष पनि असोज १२ गतेदेखि सुपथ मूल्यका पसलहरु सञ्चालन गर्ने तयारी गरेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रबक्ता नवराज ढकालले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहुलियत पसलहरु संचालन गर्ने उनले बताए ।

सहुलियत पसलहरुबाटi उपभोक्तालाई सहुलियत दरमा उपभोग्य बस्तुहरु विक्री वितरण गरिने छ ।

उनले भने- ‘घ्यूमा प्रतिकिलो ५० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा प्रतिकिलो २ रुपैयाँ, पनिरमा प्रतिकिलो १० रुपैयाँ र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरिएको छ । ‘

उनका अनुसार काठमाडौँ उपत्यकामा नेशनल ट्रेडिङ लिमिटेड रामशाहपथ सहित ११ स्थानमा सहुलियत पसलहरु संचालन हुने छ ।
यो वर्ष सबै प्रदेशमा सहित ४८ भन्दा बढी सुपथ पसल संचालन हुने प्रबक्ता ढकालले बताए ।

नेशनल ट्रेडिङ लिमिटेड रामशाहपथमा आपूर्ति मन्त्रालयअन्तर्गत सबै संस्थानहरुले संयुक्त रुपमा पसल संचालन गर्ने र अन्य ठाउमा खाध्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले आ-आफ्नो कार्यालयबाट सुपथ मूल्यमा आ-आफ्नो बस्तु व्रिकी गर्ने उनले बताए ।

उनले भने- “हामीले निजि क्षेत्रका प्रतिनिधि मूलक संस्थालाई दशैंको समयमा उपभोक्तालाई के कति छुट दिन सकिन्छ र यदि सकिन्छ भने सरकार मिलेर कम गर्न तयार छ भनेका छौ । यो बिषयमा असोजको पहिलो हप्ता सरकारले निजि क्षेत्रसंग छलफल गर्छ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version