काठमाण्डौ: ग्लोबल आइएमई बैंक लिमिटेडले मोवाईल बैंकिङ्ग सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रविधिमा आधारित थुपै बिशेषताहरु थप गरी नेपालमै पहिलो पटक नयाँ रुपमा आफ्ना ग्राहकहरु माझ ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले साउन ११ गतेदेखि आफ्नो मोवाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट” लाई परिमाजन गरेको हो ।

अद्यावधिक गरिएको मोबाइल बैंकिङ्ग कारोबारको सहजताको लागि व्यक्तिगत क्यू आर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ । यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप मार्पmत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली समेत अपनाइएको छ ।

ग्लोबल आइएमई बैंक लि. को नयाँ ग्लोबल स्मार्ट सुबिधा अन्र्तगत ग्राहक स्वयम्ले बैंकमा नगइकन आफैँ उक्त सेवा सुचारु गर्न सक्ने सुबिधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

ग्लोबल आइएमई बैंक लि. ले स्मार्ट प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट” बि.स. २०७२ साल देखि नेपालमा पहिलोपटक सुरु गरेको थियो । स्मार्ट प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा सुरु गरेको ३ बर्षमा नै बैंकले नेपालमा नै पहिलो पटक क्यू आर कोडको माध्यमबाट रकम भुक्तानी तथा रकमान्तर गर्न सक्ने प्रबिधि नेपालमा भित्र्याएको जनाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version