काठमाडौँ: सरकारले साउन १ गतेदेखि नियुक्त राष्ट्रसेवकका लागि उनीहरुकै योगदानमा आधारित निवृतिभरण (पेन्सन) प्रणाली लागु गर्ने भएको छ ।

मुलुकको धुकुतिले धान नसक्ने गरी बर्सेनी बढ्दै गएको निवृत्तिभरण बोझलाई दीर्घकालीन रुपमा नै कम गर्न सरकारले नयाँ पेन्सन प्रणाली लागु गर्न लागेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका हुन् ।

नयाँ पेन्स प्रणाली लागु गर्न निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक आइतबार संसदमा दर्ता गरिएको छ ।

सरकारले बजेट भाषणमा नै साउन एक गतेद्खी नयाँ पेन्सन प्रणाली लागू गर्ने घोषणा गरेको थियो ।

राष्ट्रसेवकहरुलाई पेन्स दिन सरकारले ‘निवृतिभरण कोष’ स्थापना गर्नेछ।

यो व्यवस्था सेवानिवृत्त निजामति कर्मचारी, सेना, प्रहरी र शिक्षक लग्यात्लाई दिनुपर्ने पेन्सनको दायित्व बर्सेनि बढ्दै गई हरेक चार वर्षमा दोब्बर हुन थालेपछि सरकार यस्तो निर्णयमा पुगेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version