काठमाडौँ: सरकारले आफ्नो पाँच महिने कार्यकाल पुगरेको दिन सरकाले ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डविरुद्धको अपरेसनले गर्दा अनुशन्धान एक सफल निचोडमा पुगेको र सुन तस्करको सञ्जाल तोडिएको दावी सरकारले गरेको छ ।

केपी ओली नेतृत्वमा सरकार गठन भएदेखि गत असार मसान्तसम्मको उपलब्धि सार्वजनिक गर्ने क्रममा सरकारले यो जानकारी दिएको हो।

यस प्रकरणमा हाल फरार रहेका ३१ जना अभियुक्तमध्ये थप ८ जना विरुद्ध रेड कर्नर नोटिस र एक जनाविरुद्ध डिफ्युजन नोटिस जारी गर्न जिल्ला प्रहरी कार्यालय मोरङमार्फत् सरकारले प्रक्रिया अघि बढाएको समेत् जनाएको छ।

त्यसमध्ये ३ जना विरुद्ध रेडकर्नर नोटिस, १ जना विरुद्ध डिफ्युजन नोटिस यसअघि नै जारी भइसकेको छ।

‘सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम’ शीर्षकमा सुन तस्करीमाथि थालिएको कार्वाहीबाट संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको दावी सरकारले गरेको छ।

हत्या तथा सुन तस्करीमा संलग्न ७५ जना अभियुक्तलाई प्रतिवादी कायम गरी मुद्दा चलाइएकोमा हालसम्म ४५ जना पक्राउ परेका र ३१ जना अभियुक्तहरू अझै फरार रहेको औपचारिक जानकारी सरकारले दिएको छ।

‘पक्राउ परेका ४५ जना अभियुक्तमध्ये १ जनाको अनुसन्धानकै क्रममा हिरासतमा मृत्यु भएको, ३ भारतीय नागरिकसहित ४४ जनालाई मुद्दा चलाइएकोमा ४ जना धरौटी तथा १ जना साधारण तारेखमा रिहा भएको, बाँकी ३९ जनामध्ये ५ जना जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत र अन्य ३४ जना विभिन्न कारागारहरूमा थुनामा रहेको सरकारले बताएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version