काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई सेयर दलाल (ब्रोकर) कम्पनीलाई निलम्बन गरेको छ । धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटिज प्रालि र ब्रोकर नम्बर ५ मार्केट सेक्युरिटिजलाई निलम्बन गरेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई तिर्नुपर्ने ०.६% कमिसन नबुझाएकाले दुई ब्रोकर निलम्बनमा परेका हुन् । गत आर्थिक वर्षको नियामक शुल्क नबुझाएकाले यी २ कम्पनी कारवाहीमा परेका धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले पहिलोक्लिकलाई बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version