काठमाडौँ: काठमाडौँको कालिमाटी तरकारी तथा फलफूल बजारमा आज च्याउ ब्यापारीहरुले भारतीय च्याउले नेपाली बजार बिगारेको भन्दै आन्दोलनका कार्यक्रम गरेका छन्।

उनीहरुले नेपाली च्याउको माग नेपाली कृषकहरुबाटै परिपूर्ति हुने भन्दै बजारमा आएका भारतीय च्याउको विरोध गरेका हुन् ।

च्याउ व्यवसायी धन बहादुर घलेले पहिलोक्लिकलाई बताए अनुसार हाल नेपाली बजारमा भारतीय च्याउको बोल्बोलाई भएको छ र उनीहरुले नेपाली च्याउको बजार समेत षड्यन्त्र पूर्वक बिगारेका छन् ।

“नेपाली बजारमा भारतीय च्याउ ल्याउन र विक्री वितरण गर्न कदापी दिनुहुन्न, यो नेपाली कृषक र व्यवसायीमाथि सरासर अन्न्याय हो,” घलेले भने।

व्यवसायीहरुले सरकारसामु च्याउ विकास बोर्डको गठन र प्योरकल्चर ल्याबको स्थापन लगायतका माग समेत गरेका छन् ।

कृषक तथा व्यवसायीहरुले आज कालिमाटी बजारमा नेपालका किसानहरु ‘एक हौ भारतीय च्याउलाई रोक लगाऔं,’ नेपाल क्रिसकहरुका च्याउको बाजार देउ भन्दै नारा लगाएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version