काठमाडौँ: बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज भएको सेमिफाइलन खेलमा माल्दिभ्ससँग नेपाल ३-० ले पराजित भएको छ ।

माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट अग्रता लिएको माल्दिभ्सले नेपाल बिरुद्ध तीन गोल गरेको थियो ।

माल्दिभ्सले ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेका थिए । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।

वर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । २८औँ मिनेटको खेल सकिँदा हावाहुरी र भीषण वर्षा भएपछि खेला ३० मिनेट रोकिएर पुनः शुरु भएको थियो ।

हारसँगै साफ च्याम्पियनसिप जित्ने नेपालको सपना समाप्त भएको छ । २५ वर्षे साफको इतिहासमा नेपाल सेमिफाइलनभन्दा माथि पुग्न सकेको छैन ।

माल्दिभ्स भने भाग्यमानी टोली साबित भएको छ । समूह चरणमा एक गोल पनि गर्न नसेकेको र एक खेल पनि जित्न नसेकेको माल्दिभ्सले आज उत्कृष्ट खेल प्रदर्शन ग¥यो । समूह चरणमा भारतसँग पराजित भएको माल्दिभ्स श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएपछि गोलाप्रथाद्वारा सेमिफाइनल पुगेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version