काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगमले घरेलु बजारमा मूल्य समायोजन नगरेको भन्दै विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।

आइतबार नेकपा बहुमतनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले टेकुमा प्रदर्शनको आयोजना गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version