हेटौँडा: हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्भार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ। एक साताभित्र सिमेन्टको पुनः उत्पादन सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जनाएको छ। उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर केही दिनदेखि सिमेन्ट उत्पादन बन्द गर्नु परेको प्रशासन महाशाखाले जनाएको छ।

उद्योगको भण्डारणमा राखिएको गुणस्तरीय सिमेन्टलाई जुटका बारेमा प्याकिङ गरी काठमाडौँ र हेटौँडालगायत विभिन्न सहर आपूर्ति गरिरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए। उनका अनुसार, उत्पादन सिमेन्ट सुपथ मूल्यमा विकास आयोजना, सडक–ढल निर्माण एवम् सर्वसाधारणको आवासगृह निर्माणका लागि उच्च प्राथमिकता दिएर खपत गरिरहेको जानकारी दिए।

मकवानपुरमा नेपाल सरकारद्वारा २०३३ सालमा हेटौँडा सिमेन्टको स्थापना गरी सो उद्योगले विसं २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरिएको र उपभोक्ताहरुलाई खपत गर्न उद्योग व्यवस्थापन निरन्तर लागिरहेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसुन्धरा पाण्डेले बताए। अहिले सो उद्योगमा दैनिक १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ। रासस

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version