काठमाडौँ: नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको गरी ४ अर्ब ३१ करोड रुपैयाँ बैक तथा वित्तीय संस्थाको मुद्दती खातामा लगानी गर्ने भएको छ ।

बुधबार दुई छुट्टा छुट्टै सूचना जारी गर्दै केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषको तीन अर्ब चार करोड र कर्मचारी कल्याण कोषको १ अर्ब २७ करोड रुपैयाँ १ वर्षे मुद्दती खातामा लगानी गर्न लागेको जनाएको छ ।

सूचना अनुसार पेन्सन तथा उपदान कोषको २ अर्ब ४२ करोड रुपैयाँ क वर्गका वाणिज्य बैंकमा ४५ करोड रुपैयाँ ख बर्गका विकास बैंकमा र १५ करोड रुपैयाँ ग वर्गका वित्त कम्पनीहरूमा जम्मा गर्ने गरी निर्धारण गरिएको छ ।

त्यस्तै कर्मचारी सुरक्षण कोषबाट क बर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख, ख वर्गका विकास बैंकमा १९ करोड ५ लाख र ग वर्गका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागिएको छ ।

राष्ट्र बैंकले यसका लागि मंसिर २३ गते भित्र आफूले निक्षेपमा लिन चाहेको रकम र दिन चाहेको ब्याजदरसमेत खुलाएर प्रस्ताव पेश गर्न भनेको छ ।

यसका लागि कम्तिमा दुई वर्ष सञ्चालन अवधि पुगेको, न्यूनतम पुँजी कोष अनुपात कायम भएको निष्कृय कर्जा ५ प्रतिशत भन्दा कम भएको र कर्जा निक्षेप अनुपात पनि निर्धारित सिमा भित्र रहेको हुनुपर्ने सर्त तोकिएको छ ।

त्यस्तै रियल स्टेट कर्जा पनि तोकिएको सिमा भित्रै रहेको र गत आर्थिक वर्षमा सञ्चालन मुनाफा कमाएको लगायतका मापदण्ड पुरा गरेका वित्तीय संस्थाले मात्र आवेदन गर्न पाउने जनाइएको छ ।

यस्तो निक्षेपको अवधि आगामी पुस १ गते देखि ०८० को मंसिर ३० गते सम्म ३६६ दिन रहने राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version