काठमाडौँ: नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखेको छ।

शुक्रबार सचिवालय बैठक बस्नेछ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए।

उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्न लागिएको हो।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको थियो। तीन दिनभित्र नाम पठाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version