काठमाडौं: सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत वैशाखपछि शुक्रबार सुनको कारोबार मूल्य तोलामा लाख नाघेको हो। बिहीबारका तुलनामा तोलामा ६ सय रुपैयाँ बढेको हो। बिहीबार प्रतितोला ९९ हजार ७ सय र बुधबार ९९ हजार ३ सयमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बलियो हुँदा नेपालमा त्यसको असर परेको हो। गत वैशाख ५ गते तोलाको १ लाख २ हजार ५ सयसम्म पुगेको मूल्य क्रमिक घटेको थियो। घटबढ भइरहँदा ६ महिनापछि पुनः लाखबाट माथि उक्लिएको हो। चालु महिना सुनको मूल्य तोलाको ९६ हजार ८ सयभन्दा घटेको छैन।

शुक्रबार चाँदी पनि हालसम्मकै उच्च मूल्यमा छ। चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यसअघि बिहीबार तोलाको १३ सय ६० र बुधबार १३ सय ५० रुपैयाँ थियो। यो महिना चाँदी तोलामा १ सय १५ रुपैयाँ बढिसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य क्रमिक बलियो बएको छ। गत साताको अन्तिम दिन प्रतिऔंस १७७९.७९ डलरमा कारोबार भएको सुन शुक्रबार १७९६.६४ डलर पुगेको छ।

एक साताको अवधिमा चाँदी पनि प्रतिऔंस २२.६७ डलरबाट बढेर २३.०३ डलर पुगेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version