काठमाडौँ: समानुपातिक सांसद छनोट गर्नका लागि शुक्रबार बस्न लागेको नेकपा एमालेको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। समानुपातिका सिटमा पठाउने नाम छनोटका लागि एमालेको बैठक बस्न लागेको थियो।

अध्यक्ष केपी शर्माको ओलीको निवास बालकोटमा दिउँसो १ बजे बस्न लागेको बैठक स्थगित भएको जानकारी एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिएका छन्।

यो बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने तयारी थियो।

निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरूलाई पत्र पठाउँदै समानुपातिकतर्फका सांसदको नाम पठाउन निर्देशन दिइसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version