काठमाडौँ: नेपाली कांग्रेस काभ्रेले गत आम निर्वाचनमा अन्तर्घात गरेको आरोपमा दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निश्काषन गर्न सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको हो।

चुनावमा अन्तर्घात गरेको भन्दै केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा २ का क्षेत्रिय सभापति महेश खरेललाई कारबाहीको निर्णय गरेको जिल्ला कार्यसमिति काभ्रेका सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।

‘सुचनाको आधारमा जिल्ला अनुशासन समितिमा पर्न आएको उजुरी उपर छानविन गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु प्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नं २ काभ्रेका क्षेत्रीय सभापति महेश खरेलले पार्टीको आधिकारीक उम्मेदवारहरुलाई अर्न्तघात गरी असहयोग गरेको यथेष्ट आधारहरु प्राप्त गरी, जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्यद्वय मधु प्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नं २ काभ्रेका क्षेत्रीय सभापति महेश खरेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी गरेको कार्वाही, नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको बैठकले अनुमोदन गर्दै केन्द्रीय अनुशासन समितिको परिपत्र बमोजिम केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधीसभा सदस्यलाई ३ हजार १५५ मत कम आउनुको कारण बारे प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिसँग स्पष्टीकरण समेत माग गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version