काठमाडौं: आइएमई ग्रुपको लगानीमा निर्माणधिन लुम्बिनी केबलकार आउँदो २ महिनाभित्र सञ्चालनमा आउने भएको छ । । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी १र२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने बताए।

उनले केबलकारको ९० प्रतिशत काम सकिएको जानकारी दिए । रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने भएको छ । बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ ।

केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।

लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी र सीमा क्षेत्रका भारतीय पर्यटकलाई केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकीय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ ।

सरकारका मुख्यसचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गरि निर्माणसम्बन्धी जानकारी लिएका छन् ।

लुम्बिनी केवलकार प्रालिले निर्माण गरिरहेको केबलकारको लागत साढे ३ अर्ब रुपैयाँ र मौलाकाली केबुलकार कम्पनीले करिब १ अर्ब ५० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाएका हुन् । दुवै आयोजना सम्पन्न भएपछि मात्रै लागत यकिन हुने छ ।

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगति विवरण लिनुका साथै सञ्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए ।

केबलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न उनले आग्रहसमेत गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version