सहजपुर: कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो ।

मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

सुनारमाथि दुईवटा गोली लागेको र विकासको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । गोली लागेका विकासको अवस्था सामान्य रहेको र उहाँलाई अत्तरियामा रहेको पद्मा अस्पतालबाट रिफर गरी अहिले धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनु भएका नायव उपरीक्षक जोशीले बताउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version