काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

आज बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा निर्वाचित भएका हुन्।

आजको निर्वाचनमा ८९ जनाले मतदान गरेका थिए। ती मध्ये शेरबहादुर देउवाले ६४ मत र गगन थापाले २५ मत ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ।

२०७४ सालमा भएको संसदीय दलको निर्वाचनमा पनि देउवा नै निर्वाचित भए थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version