काठमाडौँ: मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस शेयर दिने भएको छ । यसका लागि आवशयक पर्ने कर तिर्ने प्रयोजनका लागि शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश समेत दिएको छ।

बैंकले हाल कायम दुई अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँमा उक्त अनुपातको बोनस र नगद लाभांश दिने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण हुनेछ ।

बोनसपछि यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ । बैंकले गत वर्ष भने २०% बोनस र १.०५% नगद लाभांश दिएको थियो ।

असार मसान्तसम्म मुक्तिनाथले ५७ करोड ५४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २० पैसा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version