काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपरान्ह ४ बजे राष्ट्रपति निवास शितल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिले शपथ खुवाउने कार्यक्रम छ। प्रचण्ड एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

प्रचण्डले आज सानो आकारमा मन्त्रिमण्डल पनि गठन गर्ने सम्भावना छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version