काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग बिहीबार भेटवार्ता गरी चालु पूँजीकर्जा सम्वन्धी मार्गदर्शन स्थगन गर्न आग्रह गरेको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको टोलीले अर्थमन्त्री पौडेलसँग आर्थिक र वित्तीय अवस्था सुधारका लागि चेम्बरका तर्फबाट बिभिन्न ८ बुँदामा सुझाव समेत दिएको छ ।

पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको स्थगन लगायतका विषयमा चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो । भन्सारको सहजीकरण गरेर राजश्वको दायरा फराकिलो बनाउनुपर्ने भन्दै अध्यक्ष मल्लले बस्तुहरुको आयात निर्यातमा कारोबार मुल्यलाई मान्यता दिनुपर्ने बताए ।

उनले भने, ‘भन्सार प्रक्रीयामा सन्र्दभ मुल्य कायम हुँदा यसले राजश्व प्रभावित भएको छ र अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ । सरकारको राजश्व संकलन कार्य समेत प्रभावित भएको छ ।’ अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न समेत नवनियुक्त अर्थमन्त्री पौडेल समक्ष आग्रह गरे ।

दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पुरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । राष्ट्रबैंकले ल्याएको चालुपूँजी कर्जा सम्वन्धी मार्गनिदर्शन कार्यन्वयन गर्न निजी क्षेत्र असमर्थ रहेकाले तत्काल स्थगन गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

उनले भने,‘ नेपाल राष्ट्र बैंकबाट हालै जारी भएको “चालु पुँजी कर्जा मार्गदर्शन २०७९” ले विद्यमान तरलता अभावको परिस्थितिमा व्यवसायीक क्षेत्रमा थप असहज परिस्थितिमा सृजना गरेकोले सो मार्गदर्शन स्थगित गरिनुपर्दछ, ।’ सो मार्गदर्शनले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष मल्लको भनाई छ ।

मुलुकको पूँजीगत खर्च समयमै हुन नसक्दा पनि अर्थतन्त्रले लय समाउन नसकेको अध्यक्ष मल्लले बताए । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पूँजीगत खर्चको ९० प्रतिशत देखि ९ प्रतिशत सम्म रकम बैक तथा वित्तिय संस्था मार्फत चलायमान गरिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

चेम्बरले उठाएको माग सम्वन्धमा आफु गम्भिर भएको अर्थमन्त्री पौडेलले बताए । मुलुकको आर्थिक समृद्धि र उन्नतीका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको अर्थमन्त्री पौडेलको भनाई छ । अर्थतन्त्रमा देखिएका सवै समस्याको समाधानका लागि आफुले पहल शुरु गरेको अर्थमन्त्री पौडेलले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version