काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाइएको बैठकले वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे आज निर्णय गर्ने जनाइएको छ।

एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो। बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए।

स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी पोलिटब्युरोबाट बाँकी निर्णय लिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पाँचदलीय सत्ता गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि एकीकृत समाजवादी अलमलमा परेको छ।

स्थायी कमिटी बैठकमा नेताहरु प्रमेश हमाल, जयन्ती राई, डा। बेदुराम भुसाल, प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर, डा। विजय पौडेल, जगन्नाथा खतिवडा, रामकुमारी झाक्री, रामचन्द्र झा, बलराम बास्कोटा, भाविसोर पराजुली, भानुभक्त जोशी, रत्नेश्वोर गोइत, रामजी शर्मा, रामप्रित पासवान, लक्ष्मण पौडेल, ललितकुमार बस्नेत, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, वंशीधर मिश्र, श्रीप्रसाद शाह, शत्रुधन महतो, सावित्रा भुसाल, हरि पराजुली, शिवबहादुर देउजा, भरतकुमार श्रेष्ठ र माधव पौडेलले धारणा राखे।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version