काठमाडौँ: संघीय संसद् सचिवालयले पुस २२ गते सर्वदलीय बैठक आह्वान गरेको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्।

सभामुखको भूमिकामा रहेका राणाले प्रतिनिधि सभाको बैठक सञ्चालन, बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड लागयतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ भने पाँचजना स्वतन्त्र सांसद विजयी भएका छन्। सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version