काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बालुवाटारमा आज अपरान्ह प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीलाई संयोजक समेत बनाएका थिए। सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम पनि ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मतसमेत लिने कार्यक्रम छ।

गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ८ जना मन्त्री बनाए पनि बाँकी मन्त्रीहरू बनाएका छैनन्। सत्ता साझेदार दलभित्र भागबन्डा मिल्न बाँकी छ। विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version