काठमाडौं: अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ।

दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली हुनेछ।

बिहीबार प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version