पहिलोक्लिक समाचारदाता
काठमाडौँ, पुष २२: नागार्जुन नगरपालिका १ नम्बर वडाले रानीवनमा स्थायी बसोबास गर्दै आएका एकल महिला, आर्थिक अवस्था कमजोर रहेका र अशक्त महिलाहरुलाई ४८ थान ब्ल्यांकेट (कम्बल) वितरण गरेको छ।

अभियानको क्रममा वडाका वडाध्यक्ष रामेश्वर लामा र अन्य वडाका जनप्रतिनिधिहरुसमेतले संयुक्त रुपमा वडाका नागरिकलाई ब्ल्यांकेट वितरण गरेका हुन्। अभियान वडाकै पहलमा भएको र जाडोबाट सुरक्षित र न्यानो रहन कम्बल वितरण गरिएको वडा अध्यक्ष लामाले बताए।
जनप्रतिनिधिहरुले नागरिकका घरघरै पुगेर र प्रत्यक्ष भेटघाट गर्दै कम्बल वितरण गरेका हुन्।

१०० वटा छाडा कुकुरको बन्ध्याकरण
त्यसैगरी, नागार्जुन नगरपालिकाले वडामा रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । दुई दिनसम्म चलेको अभियान अन्तर्गत वडा नं १ मा १०० वटा छाडा कुकुरको भेटेरिनरीहरुद्धारा स्थायी बन्ध्याकरण गरिएको वडाले जनाएको छ ।

सडकमा छाडिएका कुकुरको संख्या नियन्त्रण तथा रेबिज रोग रोकथामका लागि अभियान सञ्चालन गरिएको लामाले जानकारी दिए।

होर्डिङ्ग बोर्ड मुक्त क्षेत्र घोषणा गरिंदै
त्यस्तै, वडामा जथाभावी राखिएका होर्डिङ्ग बोर्ड हटाउने कार्य गर्नुका साथै टोल सरसफाइ कार्य पनि सम्पन्न गरेको छ । दश दिनसम्म सञ्चालित यस सरसफाइ कार्यबाट करिब एक हजार किलो फोहोर संकलन गरी व्यवस्थापन गरिएको जनाइएको छ । यससंगै वडालाई होर्डिङ्ग बोर्डमुक्त क्षेत्र बनाउँदै आइन्दा बिजुलीका खम्बा तथा भित्ताहरुमा कुनै पनि किसिमको होर्डिङ्ग बोर्ड वा प्रचार सामग्री राख्न नपाइने वडाले जनाएको छ। वडा सरसफाई अभियान निरन्तर रुपमा चलिरहने पनि लामाले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version